+
+

चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:५३
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल

२० साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ ।

आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि बताइन् ।

‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ।’ प्रवक्ता लम्सालले भनिन्, ‘ दुवै मुलुले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ।’

यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुन: पत्रकार सम्‍मेलन गरेर जानकारी दिने बताइन् ।

‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न मिल्दैन। त्यसको लागि समय र परिस्थिति अनुकुल हामी बीचमा पुन: पत्रकार सम्‍मेलान गरेर जानकारी दिन्छौं, धैर्य गर्नु हुन अनुरोध छ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्‍दै उनले यसबारेमा थप बोल्न नमिल्न‍े बताइन् ।

यस्तै २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको र
म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिइन् ।

यसका साथै राहदानी र कन्सुलर विभागमा चाडैं अनलाइनमार्फत सेवा दिने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?