+
+

माग्ने बुढाको ठाउँमा ‘कमेडी हब’को निर्देशन गर्न जितुलाई मिडिया हबले प्रस्ताव गरेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:५४

काठमाडौं । मिडिया हबको टेलिभिजन हास्य व्यंग्य कार्यक्रम ‘कमेडी हब’ अहिले प्रसारण भइरहेको छ । कम्पनीले निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ र राजा राजेन्द्रसँग २६ एपिसोडसम्मको लागि सम्झौता गरेको थियो ।

आगामी साता ११ औं भाग प्रसारण तयारीमा छ । पाँचतारे सोल्टी होटलमा धुमधामसँग शोको औपचारिक घोषणा पनि भएको थियो । निर्देशक माग्ने बुढाले नेपाली कमेडी शोमा यसले अलग्गै छाप छाड्ने पनि बताएका थिए ।

तर १० एपिसोड पूरा नहुँदै बाँकी भागको निर्देशनका लागि मिडिया हबले जितु नेपाललाई प्रस्ताव गरेको बुझिएको छ । स्रोतका अनुसार माग्ने बुढाको प्याटर्न अनुसार शो अपेक्षित ढंगले हाइप नलिएपछि मिडिया हबले उनको विकल्प सोचेको हो ।

तर जितुले प्रस्ताव अस्वीकार गरिदिएका छन् । उनी निकट स्रोतका अनुसार गत साता यस्तो प्रस्ताव आएको थियो । जितुले आफू मुन्द्रेको कमेडी क्लब ल्याउने तयारीमा रहेको जवाफ दिएर प्रस्ताव टारेका थिए । जितुले यतिबेला सुटिङका लागि सेट खोजिरहेका छन्, तर पाएका छैनन् । जसले गर्दा छायांकनमा ढिलाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?