+
+

ईसेवामार्फत होटल बुक गर्दा ५० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १५:४१

काठमाडौ । ईसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । ईसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी रहेको र जुनसुकै ठाउँको होटल पनि ईसेवा मार्फत बुकिङ गर्न सकिने जनाएको छ ।

अनलाइनमार्फत होटल बुक गर्ने भएमा ईसेवामा सम्पर्क गर्न आग्रह पनि गरिएको छ । ईसेवामा भएका होटलहरुको सूची ईसेवा होटल डटकममा गएर हेर्न सकिने जनाएको छ । ईसेवामार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था रहेको जनाएको छ ।

उक्त सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध रहेको जनाएको छ । विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको ईसेवाका होटल विभाग प्रमुख अनुज विष्टले बताए । कोभिड-१९ पछिको पर्यटन क्षेत्रको मन्दीलाई केहीहदसम्म टेवा पुर्‍याउने विश्वास लिएको उनले बताए ।

भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तर्राष्ट्रिय प्रयोगकर्ता र नेपालबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?