+
+

क्यानडा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा अत्तरखेलबाट महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १७:०४

२० साउन, काठमाडौं ।  क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्‍ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् ।

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको छ ।

पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?