+
+

किम कार्दर्सियन र पिट डेभिड्सनको रोमान्स टुंगियो, डेटिङको ९ महिनामै ब्रेकअप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते ११:३४

काठमाडौं । हलिउड स्टार किम कार्दासियन पुनः सिंगल बनेकी छन् । ई-न्यूजका अनुसार पिट डेभिडसन र कार्दासियनबीचको सम्बन्ध टुंगिएको छ र दुबैजनाले साथी मात्र बन्ने निर्णय गरेका छन् ।

निकट स्रोतका अनुसार एकअर्कामा माया र सम्मान हुँदाहुँदै पनि सम्बन्धमा केही दूरी र सेड्युलको कारण रिलेसनसिपलाई जोगाउन कठिन भएको हो । यसै साता ब्रेकअप भएको जनाइएको छ ।

पिटले यतिबेला अष्ट्रेलियामा छायांकन भैरहेको फिल्म ‘विजार्ड’मा काम गरिरहेका छन् । किम भने पूर्वपति केनी वेस्टसँगै आफ्ना चार सन्तानहरु नर्थ, सालम, सिकागो र सेन्टको हेरचाह गरिरहेकी छन् ।

‘केनीसँगको डिभोर्स अघि बढिरहेको छ’ स्रोतले इ-न्यूजसँग भन्यो, ‘उनीहरुले खुशिसाथ अभिभावकत्व निर्वाह गरिरहेका छन् ।’

गत नोभेम्बरदेखि पिट र किमले डेटिङ गरिरहेका थिए । त्यो समय दुबैजना जहाँ गएपनि खुशि देखिन्थे । पिटले किमबाहेक अरुलाई हेर्न नचाहेको समेत बताएका थिए । किमले पनि आफू अति गम्भीर नभएपनि पिटबाहेक अरुलाई नहेरेको बताएकी थिइन् ।

गत अक्टोबरमा किमले आयोजना गरेको ‘स्याटर्डे नाइट लाइभ’मा पहिलोपटक पिट र किमले चुम्बन गरेको देखिएको थियो । त्यसपछि उनीहरुको रोमान्स मौलाउँदै आयो ।

तर, फिल्म सुटिङको लागि पिट अष्ट्रेलियामा रहँदा दुबैजनाले लङ डिस्टेन्स रिलेसनसिपलाई अघि बढाइरहेका थिए । तर, अब उनीहरु अलग भएका छन् र हलिउडमा केटी (दुबैजनालाई बोलाइने शब्द) युग सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?