+
+

प्रचण्डले गरे हिरोसिमा सहरको संग्रहालय अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते ९:४०

२२ साउन, काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । तर हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।

जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।

तस्वीर सौजन्य : प्रचण्डको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?