+
+

एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:४२

२२ साउन, जनकपुरधाम । मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री  शेरबहादुर देउवालाई एक साताको अल्टिमेटम दिएको छ ।

प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीहरुको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै यस्तो अल्टिमेटम दिएको हो ।

पत्रमा नेपालको संविधान को धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसुची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको उल्लेख छ ।

प्रधानमन्त्रीलाई यसअघि पनि ज्ञापन पत्र बुझाइएको भन्दै अब एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न वाध्य हुने चेतावनी पत्रमा दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कृषि मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा पनि सहभागी थिए ।

पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले आइतबारै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?