+
+

काठमाडौंको २५ वर्ष पुरानो सार्वजनिक शौचालयको स्तरोन्नति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १७:१४

२२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–२० टेकुस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालयको स्तरोन्नति भएको छ ।

वडा कार्यालयले एरोसान सस्टेनेवल स्यानिटेसन नामक एक गैरसरकारी संस्थासँगको समन्वयमा परोपकार आदर्श मावि विद्यालय नजिकको शौचालय स्तरोन्नति गरी सुविधा सम्पन्न बनाएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले अब शौचालय अपाङ्गमैत्री, वातावरणमैत्री, लैङ्गिकमैत्री भएको बताए । ‘यौ शौचालय विष्णुमती नदी किनारमा छ, यहाँ न्यून आय भएका व्यक्तिहरु धेरै आवतजावत गर्छन् । यस्ता वर्गको सहजताकै लागि शौचालयको स्तरोन्नति गरिएको हो’, उनले भने ।

उक्त सार्वजनिक शौचालयको शनिबार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह(बालेन) ले शनिबार अवलोकन गरेका थिए । त्यस क्रममा उनले शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा पनि विस्तार गर्नुपर्ने बताए । उनले पानी तथा दिसापिसाब प्रशोधन प्रणाली, आकाशे पानी संकलन विधिलगायतका विषमया चासो दिएका थिए ।

एरोसान सस्टेनेवल स्यानिटेसनले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगर क्षेत्रमा ४ वटा र ललितपुर महानगरपालिका क्षेत्रमा २ वटा गरी ६ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । यस अवधिमा ५ लाख ९१ हजार २६९ जना पुरुष र १ लाख ८० हजार ५३६ जना महिलाले यी शौचालयको प्रयोग गरेको कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।

अमात्यका अनुसार शौचाललय प्रयोगकर्ताले उत्सर्जन गरेको दिसापिसाब प्रशोधनका लागि शौचालयसँगै ग्यास उत्पादन प्रविधि जडान गरिएको छ । यस प्रविधिबाट अहिलेसम्ममा ७० हजार ६९९ लिटर पिसाब र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ ।

यसबाट ७०५.२ लिटर वायोग्यास अर्थात ४९.४ सिलिन्डर बराबर एलपी ग्यास उत्पादन भएको अमात्यले बताए । यस्तै फोहोर पानी प्रशोधन प्रणालीबाट ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन भएको छ । आकाशेपानी संकलन प्रविधिको प्रयोगवाट २७ लाख ४० हजार १६० लिटर पानीको संकलन गरिएको छ । यसरी संकलन गरिएको पानी शौचालयमा प्रयोग हुने गरेको छ ।

‘एरोसानले निर्माण तथा सञ्चालन गरेका शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै छ ।

यस प्लान्टमा शौचालयबाट आएको दिशाबाट ग्यास उत्पादन हुन्छ । अमात्यकाअनुसार शौचालयबाट निस्किएको कुनै पनि प्रकारको फोहोरले माटो, पानी र बतासलाई छुन पाउँदैन । यसकारण यी शौचालयहरु वातावरणमैत्री हुन् । यहाँ कुनै पनि प्रकारको दुर्गन्ध हुँदैन, ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?