+
+

इन्टर कलेज फुटसलको उपाधि ब्रिटिस कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १७:५७

काठमाडौं । तेस्रो ‘द ब्रिटिस कप–२०२२’ इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि द ब्रिटिस कलेजले जितेको छ ।

द ब्रिटिस कलेजको आयोजनामा शुक्रबार भएको उपाधि भिडन्तमा एपेक्स कलेजलाई पेनाल्टी सुट आउटमा हराउँदै ब्रिटिस कलेजले उपाधि जितेको हो । निर्धारित समयमा यी दुईबीचको खेल एक/एक गोलमा सकिए पछि खेलको निर्णय पेनाल्टी सुट आउटमार्फत गरिएको थियो ।

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ भने उपविजेता एपेक्स कलेजले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवै जनाले १० हजार नगद जिते । प्रतियोगितमा काठमाडौंका विभिन्न कलेजका १३ वटा टिमको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?