+
+

धुर्कोटमा घर बीमा कार्यक्रम, ५० प्रतिशत शुल्क गाउँपालिकाले बेहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १८:३०

२२ साउन, काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ ।

सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची घरको अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म रहेको छ । बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ ।

गाउँपालिकामन अध्यक्ष भुपाल पोखरेलका अनुसार आगलागी, बाढीपहिरो, चट्याङ, विष्फोट, आकाशजन्य, हुलदंगा हड्ताजन्य घटनाहरुबाट क्षति पुग्ने घरका लागि अधिकतम ५ लाखको बीमा कार्यक्रम ल्याइएको हो । कच्ची घरहरुमा क्षति पुग्दा स्थानीयवासीलाई राहत पुगोस् भनेर यस्तो योजना अगाडि सारिएको उनले बताए ।

गाउँपालिकाले सूचना निकालेर इच्छुक बीमा कम्पनीहरुलाई बीमा याेजना कार्यक्रममा सहभागी हुन आवेदन दिन अनुरोध  गरेको थियो । सोही सूचना अनुसार ४/५ वटा कम्पनीहरुको निवदेन परेको थियो । जसमध्ये सबैभन्दा कममा बीमा गर्न तयार शिखर इन्स्योरेन्ससँग गाउँपालिकाले सम्झौता गरेको उनले बताए । सम्झौता अनुसार कच्ची घरधनीहरु यो कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?