+
+

इन्स्टाग्राममा नयाँ फिचर, फूलस्क्रिन फोटो अपलोड गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १३:४३

फोटो तथा भिडियो शेयरिङ एप इन्स्टाग्रामले फेरि पनि टिकटकको एक अर्को फिचरको नक्कल गर्ने तयारी गरिरहेको छ ।

पछिल्ला दिनमा टिकटकका फिचरहरू नक्कल गरेका भनेर आलोचना खेप्दै आएको इन्स्टाग्रामले अहिले आफ्नो प्लाटर्फममा फूलस्क्रिन फिचर ल्याउने तयारी गरेको छ ।

इन्स्टाग्रामले आफ्नो प्लाटर्फमका लागि ९ः१६ आस्पेक्ट अनुपातवाला अल्ट्रा टल फोटो फिचरको परीक्षण गर्दैछ । आगामी एक दुई हप्ताको परीक्षण पश्चात् यो फिचर छिटै नै लञ्च गरिने बताइएको छ ।

आफ्नो साप्ताहिक Ask Me Anything स्तम्भमा इन्स्टाग्रामका सिइओ एडम मोसेरीले भनेका छन्- इन्स्टाग्राममा तपाइँसँग अब टल भिडियो (९ः१६ आस्पेक्ट रेसिया) हुन सक्दछन् तर अहिलेसम्म यस्तो ठूलो फोटो हेर्न सकिने फिचर उपलब्ध थिएन । त्यसैले हामीले ९ः१६ आस्पेक्ट रेसियोवाला अल्ट्रा टल फोटो फिचरमा पनि काम गरिरहेका छौं । योसँगै अब तपाईंले फूलस्क्रिनमा ठूलो आकारको फोटो तथा भिडियोको उत्कृष्ट सामग्री हेर्न सक्नुहुन्छ । आगामी एक दुई हप्तामा यसको परीक्षणमा काम गर्नेवाला छौं ।

स्मरण रहोस् हाल इन्स्टाग्राममा फोटो शेयर गर्नका लागि ४ः५ आस्पेक्ट रेसियो फिचर मात्र उपलब्ध छ । त्यसभन्दा ठूलो साइजको फोटो भयो भने इन्स्टाग्राम आफैंले फोटो क्रप गर्दछ ।

नयाँ फिचर पश्चात् तपाईंले फूलस्क्रिन साइजको फोटोलाई पनि इन्स्टाग्राममा शेयर गर्न सक्नुहुनेछ ।

स्मरण रहोस् हालै इन्स्टाग्रामले टिकटकका फिचरको नक्कल गरेको भनेर आलोचना भएको थियो । इन्स्टाथ्रामले नयाँ फिचरको रुपमा फूलस्क्रिन भिडियो फिड जारी गरेको थियो ।

इन्स्टाग्रामको उक्त परिवर्तका विषयमा काइली जेनर र किम कार्दशिन जस्ता प्रभावशाली सेलिब्रेटीहरुले समेत आलोचना गरेका थिए । त्यसपछि इन्स्टाग्रामले उक्त फिचरमा केही बदलाव आवश्यक रहेको भन्दै उक्त फिचर फिता लिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?