+
+

कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:२४

२३ साउन, धनगढी । कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ ।

कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?