+
+

विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १३:१०

युवाहरू आफ्नो जीउडाललाई लिएर निकै सचेत रहन्छन् । फिल्मी हिरोजस्तै भलै सिक्स प्याक नहोस् तर गठिलो शरीर हर कोहीको चाहना हुन्छ । त्यसैले युवाहरू जिमखानामा पसिना बगाउँछन् ।

आफ्नो बडी बनाउनका लागि उनीहरू फिल्मी हिरोसँगै कतिपय बडी बिल्डरहरूबाट पनि प्रेरित हुन्छन् । बडी बिल्डरको कुरा गर्दा के तपाईंलाई संसारको सबैभन्दा अग्लो बडी बिल्डरको नाम थाहा छ ? उनको जीउको लम्बाइ कति होला ? अनि उनको एक दिनको खुराक के के होला ?

वास्तवमा सुगठित जीउ बनाउनु सजिलो काम छैन । जिमखानामा केहिबेर पसिना बगाउँदैमा सिक्स प्याक बन्दैन । यसका लागि पर्याप्त, सन्तुलित, पौष्टिक तथा स्वस्थ आहारको नियम पनि पालना गर्नुपर्दछ ।

संसारका सबैभन्दा अग्ला बडी बिल्डरको दैनिक खानेकुराको मात्रा यदि तपाईंले थाहा पाउनुभयो भने तिनछक पर्नुहुन्छ । किनकि उनको एक दिनको खुराकले चारजना सामान्य मानिसलाई पुग्दछ ।

विश्वका सबैभन्दा अग्लो जीउ भएका बडी बिल्डरको नाम ओलिभर रिक्टर हो । उनको शरीरको उचाइ ७.२ इन्च छ । शरीरको वजन १५० किलो छ ।

गिनिजबुक रेकर्डधारी ओलिभर सोसल मिडिया स्टार पनि हुन् र उनका इन्स्टाग्राममा पाँच लाखभन्दा धेरै फलोअर्स छन् ।

अभिनेतासमेत रहेका ओलिभरले विभिन्न हलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।

हालैको एक अन्तरवार्ताका क्रममा ओलिभरले आफ्नो दैनिक खुराकका बारेमा खुलासा गरेका छन्। ओलिभरका अनुसार उनले दैनिक ६ देखि ७ हजार क्यालोरी ऊर्जा पाउने खानेकुरा खान्छन् । जबकि सामान्य मानिसलाई करिब २२ सय क्यालोरीले पुग्दछ ।

उनको दैनिक आहारामा ३०० ग्राम प्रोटिन हुन्छ । जसका लागि उनले आधा पाउण्ड साल्मोन माछा र ओट प्रोटिन शेक पिउँछन् । शेकबाट उनले दैनिक ७०० क्यालोरी प्राप्त गर्दछन् । त्यसमा ६ कप ओट, आधा कप भ्यानिला प्रोटिन पाउडर तथा पानी मिसाइएको हुन्छ । यस्तो शेक उनले दिनमा ६/७ पटक पिउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?