+
+

नेप्से २.०६ प्रतिशतले घट्यो, २ अर्ब ८१ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १५:३२

२४ साउन, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । मंगलबार नेप्से ४३.३५ अंक (२.०६ प्रतिशत) ले गिरावट हुँदा २०६०.७३ अंकमा बन्द भएको छ ।

मंगलबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । नेप्सेमा गिरावट भएपनि मंगलबार बजारमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नागरिक लगानी कोषको १५ करोड १० लाख ९८ हजारको कारोबार भएको छ । ३० प्रतिशत बोनस सेयर बुक गर्ने अन्तिम दिने नेप्सेमा कम्पनीको सेयर कारोबारमा आकर्षण देखिएको छ ।

यस्तै शिवम् सिमेन्टको १३ करोड ७८ हजारको कारोबार भएको छ ।

मंगलबार नप्सेमा १८१ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत छन् ।

मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?