+
+

नेपालले केन्यासँग खेल्ने शृंखलाको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १८:१२
नेपाली क्रिकेट टिम । फाइल तस्वीर

२४ साउन, काठमाडौं । नेपाल र केन्याबीच हुने द्विपक्षीय एकदिवशीय तथा टी–२० अन्तर्राष्ट्रियको मिति घोषणा भएको छ ।

नेपालले केन्यासँग पाँच वटा टी–२० र ३ वटा एकदिवशीय खेल खेल्ने छ । नेपालले भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने तालिका नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको हो ।

नेपालले सोमबार मात्रै नेपाली राष्ट्रिय पुरुष टोलीका लागि प्रमुख प्रशिक्षकको रुपमा भारतका पूर्व खेलाडी मनोज प्रभाकरलाई नियुक्त गरेको हो ।

प्रभाकर केही दिनमै नेपाल आउने र केन्या भ्रमणका लागि टोलीको तयारी सुरु गर्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?