+
+

आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन : शिक्षा मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:०७

२५ साउन, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अहिले भैरहेको गठबन्धन भन्दा बाहिर गएर अर्को गठबन्धन नबन्ने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म यो गठबन्धन कायम रहने बताएका हुन् ।

समाजवादी केन्द्रको विषयतर्फ इङ्गीत गर्दै उनले आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्ने सम्भावना पनि नरहेको बताए । ‘अहिलेसम्मको संघर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि यो गठबन्धन बनेको हुँदा आउँदो चुनावसम्म गठबन्धनमा दायाँबायाँ हुँदैन’, उनले भने, ‘हाम्रो पार्टी अब पदाधिकारी र पोलिटब्युरो टुंग्याएर चुनावमा होमिन्छ ।’

आउने चुनावबाट नेपालमा भएका कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्र पहिलो पार्टी हुने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?