
२५ साउन, भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराजा थापा रहेका छन् ।
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ८५ लाख ९६ हजार ५०० सय जरिवाना तोकिएका उनलाई झौखेलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई कैद र जरिवाना भुक्तानको लागि अदालतबाट कैदी पुर्जी जारी गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक जु पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4