+

ए डिभिजन लिग पुस ८ गतेदेखि हुने

२०७९ साउन  २६ गते १६:५४ २०७९ साउन २६ गते १६:५४
ए डिभिजन लिग पुस ८ गतेदेखि हुने

२६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

बैठकले बी र सी डिभिजन लिगका साथै सी डिभिजन लिगको छनोटका लागि समेत मिति तय गरेको छ ।

बैठकले असोज २३ देखि नेपाल सुपर लिगको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय