+
+

पोखराको मेयरमा पराजित कृष्ण थापाको एमालेमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:३६

२६ साउन, काठमाडौं । नेकपा एमालेले पोखरा महानगर पालिकाको मेयरमा पराजित कृष्ण थापालाई बढुवा गरेको छ ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले  जिल्ला सह-इन्चार्ज रहेका थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

थापालाई इन्चार्ज बनाउन एमालेले भीमबहादुर काकीलाई भने भूमि व्यवस्था तथा सहकारी विभागमा तानेको छ । जिल्ला इन्चार्जबाट हटाएर कार्कीलाई विभागको सहइन्चार्ज बनाइएको छ ।

दशौं महाधिवेशनपछि कार्कीले जिल्ला इन्चार्जको जिम्मेवारी पाउँदा थापा सहित सात केन्द्रीय सदस्य सहइन्चार्जको भूमिकामा थिए ।

मीनाकुमारी गुरुङ, राजीब पहारी, विद्या भट्टराई, मञ्जुदेवी गुरुङ, बालकृष्ण काउछासँगै कृष्ण थापा सहइन्चार्ज थिए ।

तर गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा मेयर उठेर पराजित भएसँगै थापा इन्चार्जमा बढुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?