+
+

सिट बाँटफाँटमा सत्ता गठबन्धनले देखेको ४ आधार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:४०
फाइल तस्वीर

२६ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सिट बाँडफाँटका लागि ४ आधारमाथि छलफल सुरु गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको कार्यदलको बैठकमा गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो प्रस्ताव पेस गरे । राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरीले बैठकमा सिट बाँडफाँटको चार आधारमाथि छलफल भएको बताए ।

उनका अनुसार २०७४ को निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिक पद्धतितर्फ पाएको मत, २०७९ सालको स्थानीय तहको चुनाव र केही राजनीतिक विषयलाई आधार मानेर सिट बाँडफाँट गर्नुपर्ने विकल्प बैठमा प्रस्तुत भएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट कार्यदल सदस्य रहेका प्रमेश हमालले पनि विभिन्न विकल्प पेस भएको तर बिहीबरको छलफलको सुरुवात मात्रै भएको बताए । ‘बैठक भयो, कुराकानी सुरु भयो,’ उनले अनलाइनखबरसँग भने, ‘मोडालिटीबारे प्रस्ताव भएको छ, छलफल त्यति व्यापक भइसकेको छैन । अर्को बैठकमा हुन्छ ।’

बैठकमा पार्टीका मुख्य नेताहरुलाई कहाँ कसरी उठाउने भन्ने विषयमा समेत छलफल भएको थियो ।

माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्य रहेका देव गुरुङले बैठकबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै एउटा कुनै आधारलाई मात्रै मानेर टुंगो पुग्न नसकिने बताए । उनले संसदमा अहिलेको उपस्थितिलाई प्रमुख आधार मान्ने विषयमा छलफल भएको पनि बताए ।

‘एउटा निर्वाचनलाई मात्रै अन्तिम रुपमा डेटाबेस बनाउन कठिन छ’, उनको भनाइ थियो, ‘त्यसैले सदनमा उपस्थितिको आधार, समानुपातिक मतलगायतलाई सहमतिको मोडालिटी बनाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?