+

प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल साउन २९ देखि

२०७९ साउन  २७ गते २०:१७ २०७९ साउन २७ गते २०:१७
प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल साउन २९ देखि

२७ साउन, काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।

क्लबले लिग कम नकआउट फर्म्याण्टमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिता अन्तर्गत पुरूष र महिला दुवै विधाको विजताले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उप-विजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार हात पार्नेछ ।

प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुनेछ । प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ ।

नखिपोट युथ क्लब बास्केटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय