+
+

कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते ११:५५

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ ।

भदौ २ गतेदेखि  २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो ।

१० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ ।

साउनको ३० र ३१ गते पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई केही दिन पछि सारिएको हो ।

कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम साउन ३० र ३१ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?