+
+

मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १३:१४

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रव्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलँई तोड्नुपर्ने बताएका हुन् ।

‘आउने निर्वाचनलाई नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रव्यूहमा फसेका छन् । देश यिनीहरुको चक्रव्यूहमा फसेको छ । त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई दुरुपयोग गर्नुपर्छ’ उनले भने ।

उनले मुलुकलाई चक्रव्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् ।

भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका निर्वाचन भएको लिङ्देनले बताए । ‘नेपाली जनाताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न पर्दैन स्वस्तिक छापको ठीक ढंगले प्रयोग गरे पुग्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?