+
+

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १६:०१

२८ साउन, वीरगञ्ज । बारामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो ।

शनिबार बिहान ७ : १० बजे करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?