+
+

म्यानचेष्टर युनाइटेडको अर्को खराब प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ७:००

२९ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी छ । सिजनको पहिलो खेलमा ब्राइटनसँग २-० ले पराजित भएको युनाइटेडलाई ब्रेन्टफोर्डले ४-० गोल अन्तरले हराएको छ ।

जिटेक कम्युनिस्टी स्टेडियममा भएको खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्रेन्टफोर्डले ३५ मिनेटभित्र चार गोल गरिसकेको थियो । १०औं मिनेटमा जोस डि सिल्भाको गोलबाट अग्रता लिएको ब्रेन्टफोर्डका लागि म्याथस जेन्सन, बेन मी र ब्रायन एमब्युमोले गोल गरेका थिए ।

यो हारपछि म्यानचेष्टर युनाइटेड अंकतालिकाको पुछारमा छ, जुन १९३६ पछिकै सबभन्दा खराब अवस्था हो ।

शनिबार राति भएका अन्य खेलमा आर्सनलले लिसेन्टरलाई ४-२ ले हराएको छ भने म्यानचेष्टर सिटीले बोर्नमाउथलाई ४-० ले पराजित गरेको छ एस्टनभिल्लाले एभर्टनलाई २-१ ले हराउँदा ब्रइटनले न्युक्यासलसँग तथा वोल्भ्सले फुलहमसँग गोलरहित तथा साउथ हृयाम्पटनले लिड्सँग २-२ को बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?