+
+

गाब्रिएल जेसस चम्कँदा आर्सनलको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ७:२१

२९ साउन, काठमाडौं । गाब्रीएल जेससले दुई गोल गर्दै दुई गोललाई सहयोग गरेपछि आर्सनलले प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीलाई ४-२ ले पराजित गरेको ।

घरेलु मैदानमा एमिरेट्समा जेससले खेलको २३ र ३५ मिनेटमा गोल गरे ।यस्तै ग्राइन्ट जाकाले ५५ र गाब्रिएल मार्टिनेलीले ७५ मिनेटमा गोल गरे । दुवै गोलका लागि जेससले सहयोग गरे ।

लेस्टरका जेम्स म्याडिसनले एक गोल गरे । आर्सनलका विलियम सालिबाले आत्मघाती गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ ।

आर्सनलले पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो । यस सिजन आर्सनल र म्याजचेष्टर सिटीले मात्र शतप्रतिशत जित निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?