+
+

ओस्कारका लागि दक्षिण कोरियाले छान्यो फिल्म ‘डिसिजन टु लिभ’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:४०

काठमाडौं । दक्षिण कोरियाले सन् २०२३ को आगामी संस्करणमा पार्क चान वुक निर्देशित फिल्म ‘डिसिजन टु लिभ’लाई छानेको छ । खोजबिनबारे बनेको यो रोमान्स ड्रामा फिल्म ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधाको लागि छानिएको हो ।

फिल्मले एक प्रहरी जासूसले रहस्यमय हत्याको यथार्थ पत्ता लगाउन गर्ने अनुसन्धानको कथा भन्छ । जासूस चरित्र पार्क हुनको भूमिकामा पार्क हे एलले अभिनय गरेका छन् ।

यो मुख्य चरित्रले अभिनेत्री ताङ वेइद्वारा चित्रित सियो रेइ चरित्र जो चिनियाँ विधुवा हुन्, उसलाई पछ्याउँछ । हे जुन चरित्रले एक रहस्यमय हत्याको अनुसन्धान थालेपछि यी दुई जनाको भेट हुन्छ । सियो रेइका पति, जसको पहाडबाट खसेर मृत्यु भएको थियो ।

यही फिल्मबाट निर्देशक पार्कले सन् २०२२ को कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशन विधा जितेका थिए ।

यसैबीच, नेपालले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म सिफारिस गर्नेबारे तयारी गरिरहेको छ । चाँडै फिल्म आह्वान गर्ने तयारी भएको नेपालको ओस्कार सिफारिस कमिटीका एक सदस्यले जानकारी दिए ।

सेप्टेम्बर २५ सम्म नेपालले फिल्म पठाइसक्नुपर्नेछ । ओस्कारको आगामी संस्करण भने सन् २०२३ को मार्च १२ मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?