+
+

फिल्म साइन गरेर मधुसँग दुबई भ्रमणमा निस्किए राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १२:३३

काठमाडौं । फिल्म ‘मायाको माया’मा अभिनेता राजेश हमाल अनुबन्धित भएका छन् । भदौ ९ गतेदेखि छायांकन सुरु हुने फिल्ममा हमालले हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका चित्रण गर्दैछन् ।

पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीले पति पत्नीको भूमिका निर्वाह गर्नेछन् । रोहितकरण वैद्यले निर्देशन गर्ने फिल्मबाट सर्वाङ्गी पाण्डेले डेब्यु गर्दैछिन् ।

हमाल सोमबार बिहान दुबई भ्रमणमा निस्किएका छन् । पत्नी मधुलाई लिएर त्यसतर्फ लागेका हमालले भदौ ५ गते नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा भाग लिनेछन् ।

प्रायः एक्लै विदेश भ्रमणमा निस्कने हमाल यसपटक चाहिं पत्नी मधुलाई लिएर घुम्न निस्किएका हुन् । हमाल दुबईमा झण्डै एक साता भन्दा बढी समय रहनेछन् । त्यसक्रममा दुबई घुमघामदेखि डायस्पोराका अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् ।

दुबईबाट फर्किएपछि हमाल भारतको बैंग्लोरमा सद्गुरुको अन्तर्वार्ता लिन जानेछन् । सेप्टेम्बर १ मा त्यहाँबाट फर्किएपछि उनले ‘मायाको माया’ छायांकन सेट ज्वाइन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?