+
+

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १७:०७

३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । त्यसपछि सरकारलाई मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको सरुवापछि रिक्त अर्थसचिवको पदमा पुष्करलाई सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?