+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्र बैंकले भन्यो : भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार नगर्नू

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १६:५०

३० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ । सोमबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ ।

यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको भन्दै यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

‘भर्चुअल करेन्सी/क्रिप्टो करेन्सी (स्टेबल क्वाइन समेत) पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिबन्धित यस्तो कारोबारमा नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म तथा संघसंस्थ, नेपालमा दर्ता भएको कम्पनीहरु र एजेन्सीहरूले यस्तो कारोबार गर्नु गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

‘कुनै पनि प्रकारका भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्कीङ मार्केटीङ तथा हाइपर फन्डमा कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने छ’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?