+
+

लगातार घट्दै वाणिज्य बैंकहरुको निक्षेप, साउन लागेपछि मात्रै १२० अर्बले घट्यो

साउनको चौथो साता पनि बैंकिङ प्रणालीमा निक्षेप घट्ने क्रमले निरन्तरता पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:५४

३० साउन, काठमाठौं । साउनको चौथो साता पनि बैंकिङ प्रणालीमा निक्षेप घट्ने क्रमले निरन्तरता पाएको छ । साउन लागेदेखि नै लगातार घट्दो क्रममा रहेको बैंकहरुको निक्षेप पछिल्लो साता २५ अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २० साउनमा ४४ खर्ब ४५ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप २७ साउनमा आउँदा ४४ खर्ब २१ अर्बमा झरेको छ । साउन लागेपछि वाणिज्य बैंकहरुको मात्रै निक्षेप १ खर्ब २० अर्बले घटेको छ । २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्बसम्म पुगेको निक्षेप साउन लागेपछिको पहिलो सातामै ४४ खर्ब ७८ अर्बमा झरको थियो । यस्तै साउनको दोस्रो १३ साउनमा थप घटेर ४४ खर्ब ५० अर्ब २० साउनमा ४४ अर्ब ४६ अर्बमा झरेको थियो ।

निक्षेप लगातार घटे पनि कर्जा भने सामान्य भएपनि बढ्न लागेको छ । २० साउनमा ४१ खर्ब ६६ अर्ब रहको वाणिज्य बैंकहरुको कर्जा लगानी २७ साउनमा ४१ खर्ब ७५ अर्ब पुगेको बैंकर्स संघले जनाएको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहको कर्जा लगानी ६ साउनमा ४१ खर्ब ६५ अर्ब, १३ साउनमा ४१ खर्ब ६४ अर्ब र २० साउनमा ४१ खर्ब ६६ अर्ब रहेको थियो ।

निक्षेप लगातार घट्न र कर्जा उकालो लाग्न लागेसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्न लागेको छ । २७ साउनको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.३५ प्रतिशत पुगेको बैंकर्स संघले जनाएको छ ।

लगातार निक्षेप घटेर सीडी रेसियो बढ्न लाग्दा पनि बैंकहरुले भने भदौको लागि पनि निक्षेपको ब्याजदर नबढाउन निर्णय गरेका छन् । राष्ट्र बैंकले भने परिपत्र मार्फत नै बैंकहरुलाई ब्याजदर बढाउन सन्देश दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?