+
+

मोराटाको दुई गोल, फेलिक्सको ह्याट्रिक असिस्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ९:४०

३१ साउन, काठमाडौं । अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा गेटाफेलाई ३–० ले हराएर शानदार सुरुवात गरेको छ ।

अर्को गोल एन्टोनी ग्रीजमनले गरे । तीन वटै गोलका लागि सहयोग गर्दै जाओ फेलिक्सले असिस्टमा ह्याट्रिक गरे ।

गेटाफेको मैदानमा भएको खेलमा मोराटाले १५औं र ५९औं मिनेटमा गोल गरे । ग्रीजमनले ७५औं मिनेटमा गोल गरे । क्लिन सिटसहित जितपछि एट्लेटिको ३ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा रियल बेटिसले एल्लेलाई ३–० ले हराउँदा एथ्लेटिक विल्वाओ र मालोर्काले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?