+
+

माओवादी र नेसपाका नेता निर्वाचन आयोग जाँदै, एउटै चिह्नमा चुनाव लड्ने जानकारी गराउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १०:०४

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।

आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

माओवादी केन्द्र र नेसपाबीच मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ । सहमति अनुसार डा. भट्टराई नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने छन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेमा निर्वाचन परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जनप्रतिनिधि रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?