+
+

क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:४९

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्ण रुपमा निको भएकी थिइन् ।

घिमिरेले थुप्रै नेपाली गीत गाउनुका साथै उपन्यास ‘हराएको मुस्कान’ समेत लेखेकी थिइन् । घिमिरे पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी समेत हुन् ।

उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ लगायत गीत रुचाइएका छन् भने ‘स्मि’ नाममा एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?