+
+

धीरज मगरलाई प्रश्न : अर्को दयाहाङ बन्ने बाटोमा हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:०२
अभिनेता धीरज मगर । फाइल तस्वीर

काठमाडौं । ‘इन्टुमिन्टु लण्डनमा’ फेम्ड धीरज मगर अभिनित दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुने तयारीमा छ । सुरेन्द्र पौडेल निर्देशित रोमान्टिक-एक्सन ड्रामा ‘बाबरी’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरबाट धीरजले प्रशंसा त कमाए तर प्रश्न पनि ।

विक्रान्त नामक ठकुरी युवकको चरित्र निर्वाह गरेका धीरजको संवाद शैली अभिनेता दयाहाङ राईसँग मिल्दोजुुल्दो देखिन्छ । यो प्रश्नलाई स्वयं धीरज पनि अस्वीकार गर्दैनन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘दयाहाङ शैली’बारे प्रतिक्रिया दिए । साथै, दयाहाङ र सौगातको पदचापलाई पछ्याउँदै आफूले अभिनय सिकेको पनि उनले बताए ।

उनी भन्छन्, ‘मैले दया र सौगात दाइजस्ता एक्टरलाई हेरेर उहाँहरुकै फुटस्टेपमा हिंडिराखेको हो । म आफ्नै खुट्टामा उभिने प्रयास गर्दैछु नेपाली फिल्म उद्योगमा ।’

धीरजलाई कबड्डी फिल्मको काजीकै चरित्रसँग अभिनय र संवाद मिलेको आरोप पनि लागेको छ । उनको जवाफ छ, ‘राजा साहेब चरित्रको लागि सौगात दाइ पनि यसरी नै बोल्नुहुन्छ । कबड्डीमा उहाँको पनि काजीकै क्यारेक्टर छ । चरित्रअनुसार मूल्यांकन गर्नुपर्ने हुन्छ तर तुलना गर्न नमिल्ला ।’

‘मान्छेहरुले कबड्डीको काजीजस्तो आयो भनेर भनेका छन् । विक्रान्तको पात्र पनि खासमा काजी नै हो । त्यही भएर पनि कतिपय कुरा मिल्न जान्छ होला । अभिनयको हिसाबमा दया दाइसँग तुलना गर्नु मेरो लागि एकदमै ठूलो कुरा हो,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?