+
+

टानको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका बास्तोला विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:२२

३१ साउन, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरी बास्तोला विजयी भएका छन् ।

टानको यो चूनावमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । तर, एमालेमा भने विभाजन देखिएको थियो । एमाले निकट केही व्यवसायीले भने बास्तोलाका निकटमत प्रतिद्धन्ती रामप्रसाद सापकोटालाई समर्थन गरेका थिए । बास्तोलाले ६१६ मत ल्याउँदा सापकोटाले २६४ मत ल्याए । स्वतन्त्र उठेका बोधराज भण्डारीले ४४ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा विजयी भएका छन् । सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सेना र सहकोषाध्यक्षमा छिङदोर्ची शेर्पा विजयी भएका छन् ।

महिला सदस्यमा सजना त्रिपाठी र खुला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नमिनाथ देवकोटा, सुवास भण्डारी र लाक्पा दोर्जी शेर्पा विजयी भएका छन् । यो कार्यसमितिको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?