+
+

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १४:०८

३१ साउन, झापा । झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा झापाको दमक नगरपालिका -४ बस्ने ६८ वर्षीय रामजुलुम नायक रहेका छन् ।

साउन २७ गते ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश नं.१-०४-००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

स्कुटीलाई ठक्कर दिने ट्रक चालक ३८ वर्षीय मत्रिका दनुवारलाई इलाका प्रहरी कार्यालय दमक झापाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?