+
+

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १४:२५

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।

एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार भदौ १ गते एन्फामा आबद्ध ४८ जिल्लालाई सूचित गर्ने र भदौ २ देखि १० गतेसम्म जिल्ला स्तरिय खुल्ला छनोट गरिनेछ । जिल्लाबाट छनोटपछि भदौ १५ देखि १९ गतेसम्म सातै प्रदेशको राजधानीमा प्रदेशस्तरको छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ ।

प्रदेशको छनोटपछि एन्फा कम्प्लेक्समा भदौ २३ देखि २८ गतेसम्म पोजिसन अनुसार खेलाडी छनोट कार्यक्रम हुनेछ र भदौ ३० गते ४० खेलाडीलाई पहिलो चरणमा छनोट गरिने एन्फाले जनाएको छ ।

भदौ ३१ देखि ४० खेलाडीको प्रशिक्षण सुरु हुनेछ र असोज ७ गते २५ खेलाडी छनोट गरिनेछ । दशैं बिदापछि असोज २३ गतेदेखि करिब २० दिन प्रशिक्षण गरिने एन्फाले जनाएको छ ।

२०६३ पुस १७ वा त्यो भन्दा पछि जन्मिएका खेलाडीहरुले मात्र साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट मा सहभागी हुन पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?