
३१ असार, विर्तामोड । झापाको दमक नगरपालिका–४, चिया दोकानमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–४ का ६८ वर्षीय रामजुलुम नायक छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । घटनामा गम्भीर घाइते नायकको निम्स अस्पताल दमकमा प्रारम्भिक उपचार भएको थियो ।
थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकामा मंगलबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी वसन्त पाठकले बताए । उनका अनुसार ट्रक र चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4