+
+
Shares

धरानका मेयर हर्क साम्पाङले भेटे अर्थमन्त्री

खानेपानीको समयस्या समाधान गर्न सहयोग गर्ने अर्थमन्त्रीको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:३४

३१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।मेयर साम्पाङले भने, ‘तपाईंहरु हाम्रो अविभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने आश्वासन मन्त्री शर्माले दिए ।

अर्थमन्त्री शर्माले खानेपानीको समस्या समाधान गर्न मेयर साम्पाङ र उनको टिमले गरेको जनपरिचालनको प्रशंसा समेत गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?