+
+

प्रचण्डले भने : बाबुराम र म सँगै उभिनुको ठूलो अर्थ छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:३४

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् ।

मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग प्रचण्डले भेट गरेका थिए र उनीहरुबीच ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

बाबुराम भट्टराईसँगको भेटपछि प्रचण्डले पत्रकारहरुसँग भने, ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं अब । अब कसैले रोकेर रोकिदैन ।’

प्रचण्डले आज नै पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने बताए । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको प्रचण्डले बताए । ‘हामी अरु पनि वामपन्थीहरुसँग एकता गर्छौं,’ उनले भने, ‘माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं ।’

प्रचण्डको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?