+
+

एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:४५

३१ साउन, काठमाडौं । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो । यो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स असारमा मात्र १ खर्ब ३ अर्बले भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले बढेर ८ अर्ब ३३ करोड डलर भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

एक वर्षको अवधिमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्ला वर्ष यो संख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ४५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?