+
+

आयशाले पूरा गरिन् पारा तेक्वान्दो प्रशिक्षण कोर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:१५

३१ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य नेपालको पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक बनेकी छन् । आइतबारदेखि तीन दिनसम्म पारा तेक्वान्दो लेभल टू कोर्ष पूरा गरी विश्व तेक्वान्दो महासंघले मंगलबार उनलाई पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र दिएको छ ।

उनले सन् २०२० मा लेभल वान कोर्ष पूरा गरेकी थिइन् । विश्व तेक्वान्दो महासंघले पारा तेक्वान्दोका लागि तीनवटा स्तरमा प्रशिक्षण कोर्ष सन्चालन गर्ने गर्छ । लेभल वान, टू र थ्री कोर्ष पूरा गर्नेहरुका लागि प्रशिक्षणको मापदण्ड पनि निर्धारित छ ।

आयशाले अब एसियन च्याम्पियनसिप, युथ गेम्स तथा वरीयताप्राप्त सबै प्रतियोगिताका लागि प्रशिक्षक बन्न पाउनेछिन् ।

ओलम्पिक र विश्व च्याम्पियनसिपमा प्रशिक्षण गर्न लेभल थ्री कोर्ष गर्नुपर्छ । नेपालमा पारा तेक्वान्दो प्रशिक्षण गराउने लेभल टू कोर्ष पूरा गरेका प्रशिक्षक कविराज नेगी लामामात्र हुन् ।

उनले सन् २०२० को डिसेम्बरमा यो कोर्ष गरेका थिए । गत वर्ष नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदा उनैले प्रशिक्षण गरेका थिए ।

३४ वर्षीया आयशाले झण्डै दुई दशकको खेलाडी करिअरमा दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण, एसियन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् । २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा उनले दोहोरो स्वर्ण जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?