+
+

चालु खाता घाटा ६ खर्ब नाघ्दा शोधनान्तर घाटा साढे २ खर्ब माथि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:४५

३१ साउन, काठमाडौं । गत आर्थिक वर्षको नेपालको चालु खाता घाटा ६ खर्ब नाघेको छ । नेपाल राष्ट्रिय बैंकले आर्थिक वर्ष २०७९/७९ को वार्षिक तथ्यांकको आधारमा नेपालको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा ६ खर्ब २३ अर्ब ३३ करोड पुगेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको रहेको चालु खाता घाटा एक वर्षमै थप २ खर्ब ९० अर्बले बढेको छ । नेपाली मुद्रा कमजोर बन्दै जाँदा पनि अमेरिकी डलरमा समेत चालु खाता घाटा ५ अर्ब १७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । जबकी २०७७/७८ मा २ अर्ब ८४ करोड डलरले घाटामा थियो ।

चालु खाता घाटा मात्रै नभएर शोधनान्तर घाटा पनि चुलिंदो छ । गत आर्थिक वर्षमा शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा आव २०७७/७८ मा ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति गत आवमा २ अर्ब १४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । आव २०७७/७८ मा १९ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी आएकोमा गत आवमा ४.९ प्रतिशतले घटेर १८ अर्ब ५६ करोडमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?