+
+

बञ्चरेडाँडामा प्रहरीको गोली लागेर १ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १९:१७
बञ्चरेडाँडा क्षेत्रमा भएको झडपको फाइल तस्वीर ।

३१ साउन, काठमाडौं । काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।

स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का  वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिकव भागमा रबरको गोली अड्किएको छ ।

मंगलबार दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनाव थियो । तनावकै बीच डेढ सय भन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?