+
+

नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १५:१८

३१ साउन, काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले शपथ लिएका छन् ।

राष्ट्र बैंकमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ज्ञवालीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । बैंक सञ्चालक समितिको २३ साउनमा बसेको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।

पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष ज्ञवालीले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?