+
+

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १२:०५

काठमाडौं । एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए ।

‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले ‘आरआरआर’मार्फत जुनियर एनटीआरले अभिनेतातर्फको ओस्कार अवार्ड जित्न सक्ने प्रक्षेपण गरेको छ ।

भेराइटीको यो प्रक्षेपित सूचीमा जुनियर एनटीआरसहित हलिउड अभिनेताहरु क्रिस इभान्स, एडम स्यान्डलर र केसी एफलेक पनि अटाएका छन् ।

‘आरआरआर’मा एनटीआरले कोमाराम भीम नामक आदिवासी युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनले बेलायतीको कब्जामा पुगेकी बालिकालाई फिर्ता ल्याउन संघर्ष गर्ने युवकको चरित्रमा अभिनय गरेका छन् ।

‘आरआरआर’मा रामचरण, सामुथीराकानी, अजय देवगण, आलिया भट्ट र श्रीया शरणले समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?