+
+

गोपाल योञ्जनका गीतको कपीराइट विवाद टुंगियो, रिन्छेन र रौनियारबीच प्रहरीमा मिलापत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १४:०५

काठमाडौं । संगीतकार स्वर्गीय गोपाल योञ्जनका गीत दुरुपयोग गरेको विषयमा उनको परिवार र फिल्म निर्देशक सम्झना उप्रेती रौनियारबीच उत्पन्न विवाद टुंगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार दुवै पक्षले विवाद टुंग्याउन लिखित सहमति गरेका छन् । परिसरका एसपी दिनेश मैनालीका अनुसार योञ्जनका गीत प्रयोग गरेबापत युट्युबबाट भएको आम्दानीको आधा हिस्सा योञ्जन परिवारलाई दिन रौनियार सहमत भएकी छन् । रौनियारले यो विवादमा माफी पनि मागेका छन् ।

प्रहरीका अनुसार लिखित सहमतिपत्रमा सम्झनाको कम्पनी सबास्ता इन्टरटेनमेन्टको तर्फबाट उनका पति विकास रौनियार र योञ्जनकी पत्नी रिन्छेनले हस्ताक्षर गरेका छन् ।

योञ्जनकी छोरी सिर्जनाले पनि रौनियारले गल्ती स्वीकार्दै माफी पनि मागेको र कमाइको ५० प्रतिशत हिस्सा दिन तयार भएकाले सहमति भएको बताइन् । ‘पैसाभन्दा पनि प्रतिष्ठा हामीले खोजेका हौं,’ अनलाइनखबरसँग सिर्जनाले भनिन् ।

सम्झना निर्देशित फिल्म ‘मेघा’मा प्रयोग भएका योञ्जनका सातसहित कम्पोज हुन बाँकी दुई गीत युट्युबबाट रिलिज गर्दै आफूहरुको अनुमतिबिना कमाइ गरेको आरोप योञ्जन परिवारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?