+
+

२०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिन ‘अभियुक्त’, प्रहरीले तयार गर्‍यो आरोपपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:३७

काठमाडौं । एक वर्षयता बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुकेश चन्द्रशेखरको गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपका कारण तनावमा छिन् । सुकेशले गरेको मुद्राको अवैध ओसारपसार (मनी लाउन्ड्रिङ) र जबर्जस्ती असुलीको गतिविधिमा ज्याकलिनको पनि नाम जोडिएको छ ।

२०० करोड भारुको यो मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनको मुस्किल अझै बढ्ने अनुमान गरिएको छ । बलिउड मिडियाका अनुसार प्रवर्तन निर्देशनालय (ईडी)ले ज्याकलिनलाई नामै लिइएको तयार पारिएको आरोपपत्र अदालतमा दायर हुँदैछ ।

गत अप्रिलमा ईडीले अभिनेत्री फर्नान्डिजसँग रहेको ७ करोडभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन रहेको बताएको थियो । ईडीले तयार पारेको आरोपपत्रमा ज्याकलिनलाई अभियुक्त मानिएको छ ।

ईडीका अनुसार चन्द्रशेखरले ५२ लाख मूल्य पर्ने घोडा र ९ लाख भारु पर्ने पर्सियन बिरालोसहित ५.७० करोड भारुको उपहार ज्याकलिनलाई दिएका थिए । यसबाहेक उनले ज्याकलिनको परिवारलाई पैसा र अन्य उपहार दिएको पनि जनाइएको छ ।

चन्द्रशेखर र ज्याकलिन दुवै रिलेसनसिपमा रहेको बताइएको छ । यसअघि यी दुवैको अन्तरंग तस्वीर सामाजिक सञ्जालमा सेयर भएका थिए । यसपछि ईडीले यी तस्वीरलाई प्रमाणको रुपमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?