+

म्यानचेस्टर युनाइटेडका समर्थकले किन देखाए ‘ग्लेजर्स आउट’ लेखिएको ब्यानर ?

२०७९ भदौ  १ गते १९:२६ २०७९ भदौ १ गते १९:२६
म्यानचेस्टर युनाइटेडका समर्थकले किन देखाए ‘ग्लेजर्स आउट’ लेखिएको ब्यानर ?

१ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेडले सिजनको सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा क्लबका समर्थक आक्रोशित भएका छन् । उनीहरुले स्टेडियममा ‘ग्लेजर्स आउट’को ब्यानर देखाउन थालेका छन् ।

उनीहरुले ‘ग्लेजर्स आउट’ भनेका न त क्लबका प्रशिक्षक हुन्, न त खेलाडी नै । उनीहरुले त क्लबका मालिक ग्लेजर्स दाजुभाइलाई नै बाहिर जाउ भनेका हुन् ।

म्यानचेस्टर युनाइटेडका हालका मालिक अमेरिकी दाजुभाइ जोल ग्लेजर्स र अब्रराम ग्लेजर हुन् । ग्लेजर्स परिवारले सन् २००५ मा ६ अर्ब डलरमा म्यानचेष्टर युनाइटेडको स्वामित्व किनेको थियो । माल्कोम ग्लेजर्सको निधनपछि उनका छोराहरुको स्वामित्वमा क्लब गएको हो ।

ग्लेजर्स दाजुभाइलाई समर्थकले भने मन पराएका छैनन् । उनीहरुले आफूहरुले क्लबलाई माया गरे पनि ग्लेजर्सलाई भने घृणा गर्ने ब्यानर पनि देखाएका छन् ।

यस्तै ग्लेजर्स दाजुभाइले क्रिस्टियानो रोनाल्डोका बारेमा द्वैध चरित्र देखाएको भनेर पनि समर्थक ग्लेजर्स दाजुभाइप्रति आक्रोशित छन् ।

उनीहरु विरुद्ध बेलाबेला ‘ग्लेजर्स आउट’ अभियान चलिरहन्छ । कारण थियो उनीहरुको आगमनले क्लब ५० करोड डलर ऋणमा डुब्यो । क्लब कर्जामा डुब्न थालेपछि निरन्तर उनीहरुको विरोध भइरहेको छ ।

म्यानचेष्टर युनाइटेड रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय